तथ्याङ्क दिवसमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ पौष १७, बिहिबार मा प्रकाशित १०६ पटक पढिएको

तथ्याङ्क दिवसमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

धुलिखेल / तथ्याङ्क दिवस २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ ।

‘आधिकारिक तथ्याङ्क, पारदर्शी प्रशासन’ नारासहित यो वर्ष मनाइएको दिवसको अवसरमा कार्यालयले विभिन्न तथ्याङ्कहरुका बारेमा काभ्रेपलाञ्चोकका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको हो ।

तथ्याङ्कले समाचारको विश्वसनीयतामा वृद्धि गर्ने साथै तथ्यपक पनि हुने भएकाले तथ्याङ्कका विभिन्न पक्षबारे अन्तरक्रिया गरिएको तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख तथ्याङ्क समन्वय अधिकारी दीपक कोइरालाले जानकारी दिए । उनले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले विभिन्न तथ्याङ्क, सूचना नागरिकमाझ पुर्याउने र यसले विकासमा मद्दत गर्ने तर्क राखे ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले सही तथ्याङ्कले नै सही योजना बन्ने र यसले पारदर्शिता कायम गर्न मद्दत पुग्ने बताए।

तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले तथ्याङ्कले नै समाचारलाई तथ्यपक बनाउने तर्क गरे ।

कार्यक्रममा तत्कालीन तथ्याङ्क कार्यालय काभ्रे हुँदै तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकमा २५ वर्षभन्दा बढी सेवा अवधि पुरा गरेका सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्कबहादुर भुजेल लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस