पौडेल पुरानै जिम्मेवारीमा फर्कने

नौलो समाचार संवाददाता
२०८३ अषाढ १९, शुक्रबार मा प्रकाशित १७ पटक पढिएको

पौडेल पुरानै जिम्मेवारीमा फर्कने

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति सदस्य दिपेन्द्र पौड्यालले पुरानै जिम्मेवारीमा फर्कने संकेत गरेका छन् ।

केही समय अघि उनले कांग्रेसको साधारण सदस्यता समेत त्यागेको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

सामाजिक संजाल मार्फत प्राप्त पत्र आधिकारिक नभएकोले पौडेललाई साबिक जिम्मेवारिमा बसेर काम गर्न अनुरोध गरेको सचिव माधब ढकालले जानकारी दिए ।

विद्यार्थी राजनीति बाट सुरु गरेका पौडेल हाल जिल्ला शिक्षा शाखा प्रमुख छन्  ।

नेपाली कांग्रेस काभ्रेले पार्टीमा निष्कृय भएका, अन्य पार्टीमा लागेकालाई समेत पुरानै घर फर्किएर पार्टी निर्माणमा लाग्न र सदस्यता अद्यावधिक गर्न अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस