काभ्रे प्रवेश गर्न खाेज्ने १९० भन्दाबढीलाई सिमानाबाट फर्काइयाे

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित १०७५ पटक पढिएको
काभ्रे प्रवेश गर्न खाेज्ने १९० भन्दाबढीलाई सिमानाबाट फर्काइयाे

बैशाख ३, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले आजबाट पैदलयात्रीलाई समेत प्रवेश गर्न रोक लगाएपछि २९६ जना पैदल यात्रीलाई जताबाट आएका हुन त्यसतर्फ नै फर्काइएको छ ।

साँगाभञ्ज्याङ नाका सहितका नाकाबाट काभ्रे हुदैँ विभिन्न जिल्ला हिडेका पैदल यात्रुलाई फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले पहिलो पटक काभ्रे प्रवेश गर्न खोज्ने पैदल यात्रुलाई जुन ठाउँबाट आएको हो सोहि ठाउँ फिर्ता पठाएको हो ।

यसैगरी प्रहरीले लकडाउकाे उल्लंघन गर्ने ४० जनालाई कोरोना भाइरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिएर छाडेको छ ।

लकडाउन उल्लंघन गर्ने २१ वटा मोटरसाइकल, ४ वटा स्कुटर, एउटा कार २वटा बोलेरो गाडी गरी २८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस