सवारी चालक अनुमतिपत्र लिन युवादेखि वृद्धसम्म प्रशिक्षणमा, बनेपाको बि.एम.के ड्राइभिङ्ग स्कुलको ट्रायल पास संख्या काभ्रेकै उच्च

गत साउनमा शतप्रतिशत पास गराउन सफल
नौलो समाचार संवाददाता
२०७९ भाद्र १२, आईतबार मा प्रकाशित ७०२ पटक पढिएको
सवारी चालक अनुमतिपत्र लिन युवादेखि वृद्धसम्म प्रशिक्षणमा, बनेपाको बि.एम.के ड्राइभिङ्ग स्कुलको ट्रायल पास संख्या काभ्रेकै उच्च

भदौ १२, काभ्रे। पछिल्लो समय सजिलो र छिटो छरितो तरिकाले गन्तव्यमा पुग्न तथा काम सम्मपन्न गर्न मानिसलाई सवारीसाधन अनिवार्य बन्दै गएको छ। आजको समयका युवा-युवती तथा अन्य सबै उमेरका समूहका मानिसहरु मोटरसाईकल तथा कार सिक्नको लागी ड्राइभिङ्ग स्कुल पुग्ने गरेका छन्।

सवारीसाधन अनिवार्य बन्दै गएपछी १८ वर्षदेखि पाको उमेर समूहका मानिसले पनि सवारी चालक अनुमतिपत्र लिने गरेका छन्।

काभ्रे जिल्लाका मुख्य सहरी क्षेत्र गरी जम्मा १२ वटा सवारी तालिम केन्द्र/ड्राइभिङ्ग स्कुल रहेका छन्। जसमध्ये बनेपामा रहेको बि.एम.के (BMK) मोटर ड्राइभिङ्ग स्कुल जनमानसले लिने पहिलो नाम हो।

बनेपाको नेपाल बिधुत प्राधिकरणबाट पुलबजार बाटोको पन्चकन्या बेन्क्वेट अगाडी रहेको बि.एम.के ड्राइभिङ्ग स्कुलमा पाँचखाल, पनौती, बेथानाचोक, बनेपा, नगरकोट, भक्तपुरसम्मका मानिसहरु मोटरसाइकल तथा कार सिक्न आउने गर्दछन्।

गुणस्तरीय सेवा, विद्यार्थीप्रति उच्च लगाब र यातायात व्यवस्था विभागको मापदण्ड अनुरुपको ट्रायल स्पट लगायतका कारण बि.एम.के (BMK) मोटर ड्राइभिङ्ग स्कुलमा पुगेका प्रशिक्षार्थी पूर्ण रुपमा सन्तुष्ट रहेको ड्राइभिङ्ग स्कुलका संचालक रुपेश काफ्ले बताउनुहुन्छ। आफ्नो स्कुलमा आउनुभएका प्रशिक्षार्थीको राम्रो प्रतिक्रिया र यहाँ सिकेर ट्रायलमा पास हुनेको संख्या जिल्लाकै अधिक हुनुले पनि प्रशिक्षार्थी सन्तुष्ट रहेको स्पष्ट हुने संचालक काफ्लेको भनाई छ।

गएको साउन महिनामा शतप्रतिशत ट्रायल पास गराउन सफल भएको संचालक काफ्लेले जानकारी दिनुभयो। साउन महिनाभर ३३ जना प्रशिक्षार्थी कार सिक आएको र ट्रायल परिक्षामा सबैजना पास भएको उहाँले फोटोसहितको फेसबुक पोष्ट देखाउनुभयो।

बि.एम.के ड्राइभिङ्ग स्कुलबाट प्रशिक्षण लिई ट्रायल दिनेहरु ९८ प्रतिशत पास हुने गरेको संचालक काफ्लेले बताउनुभयो।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन उमेरले छेक्दैन भन्ने प्रमाणित गर्दै यहाँबाट प्रशिक्षण लिई १८ देखि ५८, ६१  वर्षसम्मका पाको उमेरका प्रशिक्षार्थीले पनि यातायात व्यवस्था विभागको ट्रायल परिक्षा पास गर्न सफल भएका छन्।

करिव एक महिनाको प्रशिक्षणमा नै फेल नभई एकै पटकमा बनेपा नालाका ६१ वर्षका रबिचन्द्र श्रेष्ठ र बनेपा-३ नालाका ५८ वर्षका लक्ष्मण श्रेष्ठले कारको ट्रायल परिक्षा पास गर्नुभएको हो।

यातायात व्यवस्था विभागका अनुसार निजी प्रयोजनको लागि सवारी अनुमतिपत्र लिन उमेरले नछेक्ने हुनाले १८ देखि माथि जुनसुकै उमेरका मानिसले पनि सवारी चालक अनुमति पत्र लिन सक्ने प्रावधान रहेको छ।

विभागले उमेर अनुसारको तथ्याङ्क नराख्ने भएकाले हालसम्म जानकारीमा आए अनुसार जेष्ठ नागरिक ७० वर्षीय भक्तपुर सूर्यविनायक नगरपालिका गुण्डुका पूर्णबहादुर बस्नेतले सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनुभएको छ। बस्नेतले भक्तपुर राधेराधेस्थित ट्रायल सेन्टरमा ट्रायल पास गरी स्कुटरको अनुमतिपत्र लिनुभएको हो।

२०७४ सालमा ३ जनाको साझेदारीमा ५ वटा बाईक/स्कुटर तथा ४ वटा सहित १ करोड ५० लाखको लागतमा बि.एम.के ड्राइभिङ्ग स्कुलको सुरुवात गरिएको ड्राइभिङ्ग स्कूल संघ काभ्रेका सचिव समेत रहनुभएका संचालक रुपेश काफ्ले बताउनुहुन्छ। ड्राइभिङ्ग स्कुल ७ रोपनी क्षेत्रफ़लमा फैलिएको छ।

शुल्कमा केहि प्रतिशत थोरै बढी जस्तो लागे पनि यातायात व्यवस्था विभागको मापदण्ड अनुरूपको ड्राइभिङ प्रशिक्षण, सरकारी मापदण्डको ट्रायल स्पट, पारिवारीक वातावारंमा अनुभवी प्रशिक्षकद्वारा सिकाईने र आफुहरुको लक्ष्य भनेकै सिक्न आउनुभएका व्यक्तिहरुलाई सिप सिकाएर पास गराउने रहेकोले शुल्क ठुलो कुरा नभई सिप सिकेर जानु ठुलो कुरा भएको उहाँले बताउनुभयो।

अनलाइन फारम भरिदिने, लिखित परिक्षाको नतिजा लगायतका कुराको सधै अपडेट गरईरहने, राम्रोसंग ड्राइभिङ सिकाउने हुनाले करिव २५ दिनमा एउटा परिवार जस्तै भैसक्ने पछी पछी पनि भेट्न आउन मन लाग्ने केहि दिन अघि गाडीको ट्रायल पास हुनुभएका नवराज गौतमले बताउनुभयो। अरु ठाउँभन्दा सबै कुराले यहि ठिक लागेको र यहाँबाट सिकेका धेरै साथीहरु पास भएकोले आफुले पनि यहि ठाउँ रोजेको र अरु ड्राइभिङ सिक्न खोज्न एसथिहरुलई पनि यहि पठाउने उहाँले बताउनुभयो।

बि.एम.के (BMK) मोटर ड्राइभिङ्ग स्कुलको ट्रायल स्पट राम्रो लागेर चर्चीत हास्य टेली शृंखला ‘सक्किगोनी’ को एक भाग यहि छायांकन गरिएको थियो। हेर्नुहोस भिडियो :


प्रतिक्रिया दिनुहोस