नमोबुद्धका नगरवासीलाई मोतियाविन्दुको नि:शुल्क उपचार व्यवस्था

नौलो समाचार संवाददाता
२०७९ भाद्र १०, शुक्रबार मा प्रकाशित ३४३ पटक पढिएको
नमोबुद्धका नगरवासीलाई मोतियाविन्दुको नि:शुल्क उपचार व्यवस्था

भदौ १०, काभ्रे। नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ। रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो।

कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताउनुभयो। उहाँका अनुसार, सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् ।

वडाको सिफारिस लिएर आउने सबैलाई निशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो।

नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको  तर्फबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको छ।

मोतियाविन्दु पहिचानको लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविर समेत गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस