बालेनको चेतावनी-फिल्म ‘आदिपुरूष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नौं

नौलो समाचार संवाददाता
२०८० जेष्ठ ३२, बिहिबार मा प्रकाशित २०३३ पटक पढिएको

बालेनको चेतावनी-फिल्म ‘आदिपुरूष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नौं

जेठ ३२, काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्।

फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए।

सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताए।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन्।

उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए।

शुक्रबारदेखि विश्वव्यापी रूपमा फिल्म प्रदर्शन हुन लागेको छ।

 

प्रतिक्रिया दिनुहोस