दाँत नभएका ६० बर्षभन्दा माथिका नगरवासीलाई बनेपाले कृतिम दाँत निशुल्क राखिदिने

नौलो समाचार संवाददाता
२०८० पौष १२, बिहिबार मा प्रकाशित १६५४ पटक पढिएको

दाँत नभएका ६० बर्षभन्दा माथिका नगरवासीलाई बनेपाले कृतिम दाँत निशुल्क राखिदिने

बनेपा \ बनेपा नगरपालिकाले दाँत नभएका ६० बर्षभन्दा माथिका नगरवासीलाई बनेपाले कृतिम दाँत निशुल्क राख्ने भएको छ ।

मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत आवस्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निशुल्क दाँत राख्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिए ।

उनका अनुसार, पहिचानका लागि नगरपालिकाले सबै वडामा दन्त शिविर सञ्चालन गरिन कार्यतालिका सार्वजनिक भएको छ ।

समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनोट भएका सबैलाई दाँत स्वास्थ्य शाखाका निमित्त प्रमुख रहेका जनस्वास्थ्य निरिक्षक महेश्वरकाजी श्रेष्ठले जानकारी दिए ।

महंगो मानिने दाँतको उपचारको लागि शिविरबाट लागत अनुमान गरी सोही अनुसार कोटेशन वा बोलपत्र आव्हान गरिने चापागाईले जानकारी दिए ।

जेष्ठ नागरिकको सम्मानको लागि उक्त कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस