‘संविधानको रक्षा र कार्यान्वयनको लागि गठबन्धनको औचित्य अझै’

नौलो समाचार संवाददाता
२०८० माघ ४, बिहिबार मा प्रकाशित ७८४ पटक पढिएको

‘संविधानको रक्षा र कार्यान्वयनको लागि गठबन्धनको औचित्य अझै’

बनेपा\ आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार र गठबन्धन दलका नेताहरुले संविधानको रक्षा र कार्यान्वयनो लागि गठबन्धनको औचित्य अझै रहेको तर्क गरेका छन् ।

गठबन्धन दलले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन जिल्ला समन्वय समितिको आयोजनामा नेपाली कांग्रेस काभ्रेको कार्यालयमा भएको कार्यक्रममा ती दलका नेता र उम्मेदवारले गठबन्धनको जित सुनिश्चित भएको तर्क गरे ।

नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गठबन्धनका साझा सवाल पुरा गर्न पनि यसको औचित्य रहेको तर्क गरिन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारलाई जिल्लामा बोलाएर परिचित गराएकोमा उनले आयोजकलाई धन्यवाद दिइन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले जितको अग्रिम शुभकामना व्यक्त गर्दै गठबन्धन दलहरु प्रतिवद्ध रहेको बताए ।

नेपाली कांंग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले गठबन्धन दलका सबै पार्टीले लोकतन्त्र र परिवर्तनका लागि योगदान दिएका उपयुक्त उम्मेदवार उठाएको भन्दै आभार व्यक्त गरे ।

नेकपा एकिकृत समाजवादी बाग्मती प्रदेशका सचिव समेत रहेका बाग्मती प्रदेशका श्रम, यातायात तथा रोजगारमन्त्री लक्ष्मण लम्सालले गठबन्धन जित्ने निश्चित भएपनि ढुक्क नहुन आग्रह गर्दै एक–एक मत संरक्षण गर्न तयारी भेला गरिएको बताए ।

प्रदेश सभा सदस्य रुकु चौलागाईले लोकतन्त्रको रक्षाको लागि अझै गठबन्धनको राजनीतिक औचित्य रहेको बताए ।

राष्ट्रिय सभा सदस्य उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नतले राष्ट्रियताका साथै संविधानको रक्षा र कार्यान्वयनको लागि गठबन्धन जरुरी रहेको बताए ।

नेकपा एसतर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार घनश्याम रिजालले लोकतन्त्रमाथि आक्रमण हुँदा कांग्रेस र सच्चा कम्युनिष्टहरु एक ठाउँमा उभिएको तर्क गरे ।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार श्रीकृष्ण अधिकारीले लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन आवश्यक रहेको बताए ।

नेपाल महिला संघ काठमाडौंकी सभापति रहेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार विष्णुदेवी पुडासैनीले संविधान । लोकतन्त्रको रक्षाको लागि गठबन्धनको औचित्य रहेको तर्क गरिन् ।

बाग्मती प्रदेशका खानेपानी उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले गठबन्धनको पक्षमा मत जाहेर गर्न काभ्रेका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका साथै प्रदेश सभा सदस्यलाई अनुरोध गरे ।

नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष रहेका बाग्मती प्रदेशका पूर्वमन्त्री बसुन्धरा हुमागाईले निर्वाचनको तयारी स्वरुप गठबन्धन दलले परिचयात्मक कार्यक्रम गरेको बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले गठबन्धन दलले बेला बेलामा समिक्षा गर्नुपर्ने बताए ।






प्रतिक्रिया दिनुहोस