रियल मड्रिड फ्यान क्लव नेपाल काठमाडौंले वृद्ध आश्रमलाई गर्यो सहयोग

नौलो समाचार संवाददाता
२०८१ अषाढ २५, मंगलबार मा प्रकाशित १४८२ पटक पढिएको

रियल मड्रिड फ्यान क्लव नेपाल काठमाडौंले वृद्ध आश्रमलाई गर्यो सहयोग

काठमाडौं / रियल मड्रिड फ्यान क्लव नेपाल काठमाडौंले ललितपुरस्थित मञ्जुश्री वृद्ध आश्रमलाई सहयोग गरेको छ ।

१० औं बार्षिकोत्सवको अवसर पारेर फ्यान क्लव काठमाडौंले आश्रमको लागि खाद्यान र न्यायो कपडा सहयोग गरेको हो ।

२ बोरा चामल, १ बक्स तेल, ३ बक्स चाउचाउ, ताजा तरकारी र १० जना जेष्ठ नागरिकको लागि १/१ वटा ओढ्ने लिएर फ्यान क्लव काठमाडौंका अध्यक्ष सुमित खनाल, कोषाध्यक्ष उन्नती श्रेष्ठ, कार्यक्रम संयोजक रोहन श्रेष्ठ, सदस्यहरु विश्वास लामिछाने, कुसुम भुजेल, सौरव रञ्जित, निशान्त श्रेष्ठ, विवेक दाहाल, सविन दाहाल, अनुष भण्डारी र विशाल अधिकारी नख्खिपोटस्थित आश्रम पुगेका थिए । आश्रमका श्याम तामाङलाई सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग गरेकोमा आश्रमको तर्फबाट सञ्चालक मञ्जु थापामगरले आभार प्रकट गरिन् ।

फ्यान क्लवको काठमाडौं शाखाले विभिन्न समयमा यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

यसअघि क्लवले बालआश्रममा सहयोग गरेको थियो ।






प्रतिक्रिया दिनुहोस