३० औं संस्करणको आइजिपि फुटवल रनिंग ट्रफी मंसिर १८ देखी

नौलो समाचार संवाददाता
२०८१ मंसिर १०, सोमबार मा प्रकाशित ७६४ पटक पढिएको

३० औं संस्करणको आइजिपि फुटवल रनिंग ट्रफी मंसिर १८ देखी
फाइल तस्वीर

साँगा / ३० औं संस्करणको आइजिपी फुटबल रनिङ ट्रफी मंसिर १८ गतेदेखि नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा सुरु हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित १७ विद्यालयका १८ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल पुलिसकै सामाखुसी, धरान, दाङ र चितवनस्थित स्कुलसहित काभ्रे र काठमाण्डौ उपत्यकाका विभिन्न विद्यालयहरूको सहभागिता रहनेछ ।

लिग कम नकआउट आधारमा सञ्चालन हुने यो प्रतियोगिता पौषको दोस्रो सातासम्म चल्नेछ ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ जित्नेछन् । उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

यस वर्षदेखि खेलाडीहरूको सुरक्षामा ध्यान दिँदै बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस