रोशीका दुई विद्यालयमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपबाट न्यानो कपडा

नौलो समाचार संवाददाता
२०८१ पौष १६, मंगलबार मा प्रकाशित २०२ पटक पढिएको
रोशीका दुई विद्यालयमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपबाट न्यानो कपडा

पिन्थली । लायन्स क्लव अफ काठमाडौं फेलोसिप ३२५एफ ले रोशी गाउँपालिकाका दुई विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।

रोशी उद्योग वाणिज्य संघको पहल एवं समन्वयमा वडा नं ९ मा रहेको महकाली देवी कर्मोदय प्राथमिक विद्यालयका ३५ जना र वडा नं ६ मा रहेको कालीदेवी आधारभूत विद्यालयका ६९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौं फेलोसिप ३२५ एफका क्लष्टर प्रमुख लक्ष्मी महत, संस्थापक अध्यक्ष कृष्णज्योति शाक्य, अन्तराष्ट्रिय सदस्यता सभापति मेघज्योति शाक्य, अध्यक्ष हीरा आले, उपाध्यक्ष विश्वराम श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, रश्मी महर्जन, रोशी उद्योग वाणिज्य संघका अध्यक्ष मनिष बल, उपाध्यक्ष कान्छामान लामा, महासचिव विकास लामा, सदस्य मञ्जु लामा, लक्ष्मी वाइवा, कालीदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु शाही, महाकाली देबी कर्मोदय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास लामासहितले ती सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।

क्लबका संस्थापक अध्यक्ष कृष्णज्योति शाक्यले विद्यार्थी भोलिको कर्णधार भएकाले गुणस्तरीय शिक्षाको लागि कुनै कुरामा कमि हुन दिन नहुने बताए ।

रोशी उद्योग वाणिज्य संघका अध्यक्ष मनिष बलले संघको पहलमा विद्यार्थीहरुका लागि न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेकोमा क्लवलाइ आभार व्यक्त गरे ।

विभिन्न सहयोगी संघसंस्था र दातामार्फत र आफै श्रोतबाट रोशी उद्योग वाणिज्य संघले बाढी पहिरो, आगलागी जस्ता विपद र अन्य समयमा पनि सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस