बाढीले बगाएको रोशी आधारभूत अस्पतालमा अस्थायी संरचना तयार

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ १४, बुधबार मा प्रकाशित ६१५ पटक पढिएको

बाढीले बगाएको रोशी आधारभूत अस्पतालमा अस्थायी संरचना तयार

फलामेसाँघु / गत असोज १०, ११ र १२ गतेको अविरल बर्षापछिको बाढीले बगाएकोे रोशी आधारभूत अस्पतालमा ५ बेडसहितको अस्थायी संरचना तयार गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण भएको संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रोशी गाउँपालिकालाई हस्तान्तरण भएको हो । नवनिर्मित संरचनासहित औषधी लगायतका सामाग्री पनि विश्व स्वास्थ्य संगठनले सहयोग गरेको हो ।

संघीय सरकारको बजेटमा रोशी गाउँपालिका वडा नं १ मा निर्माण अन्तिम चरणमा पुगेको १० शैयाको आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । त्यसयता टेन्टमा बसेर सेवा दिइदै आइएको थियो ।

बुधवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नवनिर्मित संरचना उद्धघाटन गरेका थिए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले अस्थायी संरचना निर्माणका साथै स्वास्थ्य सामाग्री समेत वितरण गरेकोमा आभार प्रकट गरे ।

मन्त्रायलका प्रवक्ता डा. बुढाथोकीले जग्गा प्राप्ती भए उपयुक्त स्थानमा भवन निर्माणको लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डबले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने बताइन् ।

रोशी गाउँपालिकाका अध्यक्ष मिमबहादुर वाईबाले सो स्थानमा बनेको स्वास्थ्य संस्थाले गाउँपालिकाको वडा नं. १,२,३ र ४ का साथै छिमेकी नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने तर्क गरे ।

जिल्ला जनस्वास्थय कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतीले अस्पतालमा नागरिकले पनि चासो दिएर नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गर्नुपर्ने बताइन् ।

 






प्रतिक्रिया दिनुहोस