बनेपा / बनेपा नगरपालिका वडा नं ११, अधिकारीगाउँकी देवी खत्री सासुको किरिया बसेकी छन् । छोरा वा नजिकका पुरुष सदस्यले मात्रै किरिया गर्नुपर्ने परम्परा तोड्दै देवीले दागवत्ती दिँदै किरिया समेत बसेकी हुन् ।
देवीकी सासु पदमकुमारीको ७६ बर्षको उमेरमा निधन भएको थियो । देवीका श्रीमान् रहेका पदमकुमारीका छोरा हरिकृष्णको २५ बर्ष अघि नै मृत्यु भएको थियो ।
महिला स्वास्थ्य स्वंयमसेविका रहेकी देवीको कदमको स्थानीयले प्रशंसा गरेका छन् ।
स्थानीय राजेन्द्र थापाले उनको कदमले परिवर्तनको संकेत देखा परेको बताए ।
हालै बाबुको किरिया गर्ने बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटाले सासुआमाको किरिया बस्ने देवीलाई धन्यवाद भन्दै आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएकी छन् । ‘धेरै धेरै धन्यवाद यो समाजले बनाएको विभेदकारी मुल्यमान्यतालाइ परिवर्तन गर्ने हामीले नै हो, मेरो पुर्ण साथ र समर्थन छ तपाईंलाइ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।






प्रतिक्रिया दिनुहोस