धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाको सम्मेलन गर्ने

नौलो समाचार संवाददाता
२०८२ आश्विन १२, आईतबार मा प्रकाशित २७९ पटक पढिएको

धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाको सम्मेलन गर्ने

धुलिखेल / धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाहरूको सम्मेलन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको कार्यपालिका बैठकले युवा पुस्ताहरूको समस्या, गुनासो, चाहना र सम्भावनालाई नगरपालिकाको विकासमा संलग्न गराउने उद्देश्यले सम्मेलन गर्न लागिएको नगरप्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिए। युवा पुस्तालाई नगर विकासको मूलधारमा समाहित गराउन पनि सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।

सम्मेलनमा युवाहरूको अभिमत सर्वेक्षणका साथै उनीहरूको योग्यता पहिचान समेत गरिने उपप्रमुख निराजन जङ्गमले जानकारी दिए।

धुलिखेल नगरपालिकाले युवा, महिला, दलित, आदिवासी जनजाति, पर्यटन लगायतको परिषद् गठन गरी ती क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस