नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामालाइ पितृशोक

नौलो समाचार संवाददाता
२०८२ मंसिर ६, शनिबार मा प्रकाशित ३९९ पटक पढिएको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामालाइ पितृशोक

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाइ पितृशोक परेको छ ।

रोशी गाउँपालिका वडा नं ६, लेखपानीका स्थायी लामाका पिता केशरबहादुरको ८७ वर्षको उमेरमा निवासमा नै निधन भएको हो ।

स्वर्गीय केशरबहादुरका श्रीमती कान्छीमायासहित ३ छोरा र २ छोरी छन् ।

राजनीति र सामाजिक कार्यमा समेत सकृय केशरबहादुर केही समयदेखि उपचारपछि घरमा नै थिए ।

सोमबार बिहान ९ बजे लेखपानीमा नै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस