बनेपा / नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधीको लागि काभ्रेमा ८८ जनाले उम्मेदवारी दिएका छन् ।
मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि काभ्रेबाट छनोट हुने २४ प्रतिनिधीको लागि ८८ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज पाण्डेले जानकारी दिए । पार्टी सदस्यका आधारमा प्रतिनिधी सभा क्षेत्र नं १ बाट ११, क्षेत्र नं २ बाट १२ र दलित महाधिवेशन प्रतिनिधी १ जना गरी २४ जना निर्वाचित हुनेछन् ।
प्रतिनिधि सभा क्षेत्र नं १ मा खुल्ला ६ पदका लागि २६ २६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै महिला ४ का लागि ९ जना र युवा १ का लागि ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं २ मा खुल्ला ७ पदमा २९ जनाले, महिला ४ मा १० र युवा १ मा मा ५ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै दलित तर्फबाट जिल्लाभरीबाट २ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमाले काभ्रेका अनुसार १५ हजार १ सय ११ जना संगठित सदस्य मतदाता छन् । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्वर १ मा ७ हजार ५३ र क्षेत्र नम्वर २ मा ८ हजार ५८ जना छन् ।
मंसिर १३ गते सम्बन्धित स्थानीय तहमा मतदान हुनेछ । २ वटा निर्वाचन क्षेत्र पर्ने स्थानीय तह धुलिखेल, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा २ वटा मतदान केन्द्र हुनेछन् । दलित प्रतिनिधिका लागि जिल्ला पार्टी कार्यालयमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस