आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

नौलो समाचार संवाददाता
२०८२ मंसिर १३, शनिबार मा प्रकाशित १२८ पटक पढिएको

आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।

शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका लागि इलेक्ट्रोनिक हिटर प्रदान गरेको हो ।

बचत उत्कृष्ट कारोबार गर्ने जेष्ठ सदस्य ७८ बर्षीय भैरबबहादुर श्रेष्ठलाई कार्यक्रममा सम्मान गरियो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, संस्थाका प्रमुख सल्लाहकार समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, अध्यक्ष ग्रुबेन तौजले लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रम बोल्दै मन्त्री बादेले बाबु आमालाई सम्मान गर्न सके त्यो नै सच्चा सम्मान हुने बताए । उनले जेष्ठ सदस्यलाई सम्मान गरेर सहकारीले उदाहरणीय काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रममा बनेपा नगरपालिका शाक्य, उपप्रमुख दाहाल, संस्थाका प्रमुख बैद्य, सचिव धर्मभक्त प्रधानलगायतले सामाजिक उतरदायित्व पुरा गरेको सहकारी संस्था र नेतृत्वलाई धन्यवाद दिए ।

अध्यक्ष तौजलेले अग्रजको सम्मानका साथै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रम जान नपरोस् भन्ने सन्देश दिन सम्मान गरिएको बताए ।

आफ्ना ज्येष्ठ सदस्यलाई २०७४ सालदेखि सम्मान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुवाष वैद्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस