प्रतिनिधी सभा निर्वाचनमा एकतावद्ध भएर लाग्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको आव्हान

नौलो समाचार संवाददाता
२०८२ माघ ४, आईतबार मा प्रकाशित ७६ पटक पढिएको

प्रतिनिधी सभा निर्वाचनमा एकतावद्ध भएर लाग्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको आव्हान

काभ्रेपलाञ्चोक / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान गरेको छ ।

पार्टीका सदस्यहरूबीच आपसी सम्मान कायम गर्ने, समेट्ने र संरक्षण गर्ने दायित्व नेतृत्वको मुख्य कर्तव्य भएको उल्लेख गर्दै नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले विशेष महाधिवेशनको सन्दर्भमा भएका सबै तिता मिठा कुराहरुलाई विर्सेर कोही पनि उत्तेजित र हतोत्साहित नभई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकतावद्ध भएर लाग्न सबै नेता कार्यकर्तालाई आव्हान गरेको हो ।

जिल्ला सभापति तीर्थ लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा फरक मत र फरक विचारको पनि सम्मान गर्नु नेपाली कांग्रेसको आधारभुत सिद्धान्त भएकोले विवादको न्यायिक निरुपण नहुन्जेल आफ्नो वैयक्तिक स्वतन्त्रताको आधारमा जुन सुकै ठाउँमा उभिएको भएता पनि आन्तरिक विवादको निरुपण भइसकेपछि ‘चारतारे झण्डा र रुख चिन्हमा’ गोलबद्ध भएर पार्टी, देश र जनताप्रति समर्पित हुन अनुरोध गरिएको छ ।नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशिष्ट परिस्थिति अनुरूप गरिएका विशेष निर्णयले पार्टीलाई थप ऊर्जावान् र गतिशील बनाएको भन्दै कांग्रेस काभ्रेपलाञ्चोकले नेपाल र नेपालीको सुन्दर भविश्यको निम्ति नविन कांग्रेस निर्माणको जग बसालेकोमा दुरदर्शी र साहसी नेतृत्वलाइ ‘सलाम’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस