सहकारी दिवसमा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले विभिन्न कार्यक्रम गर्ने

नौलो समाचार संवाददाता
२०८२ चैत्र ९, सोमबार मा प्रकाशित १३३ पटक पढिएको

सहकारी दिवसमा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले विभिन्न कार्यक्रम गर्ने

बनेपा  / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

चैत्र १६ गते सोमबार ‘सहकारीमा महिला उद्यमशिलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम’ आयोजना गरिनेछ । उक्त कार्यक्रममा सहकारी संस्थामा आबद्ध महिला सदस्यहरूको उद्यमशिल क्षमता अभिवृद्धि, स्वरोजगार सिर्जना, आयआर्जनका सम्भावनाहरूको पहिचान तथा उद्यम सञ्चालनका व्यावहारिक पक्षहरूबारे विस्तृत छलफल गरिने निमित्त प्रमुख कार्यकारी अधिृत सुजित श्रेष्ठले जानकारी दिए । महिला उद्यमशिलतामा देखिएका चुनौतीहरू, समाधानका उपायहरू, सहकारी संस्थाबाट प्रदान गर्न सकिने वित्तीय तथा प्राविधिक सहयोगका आयामहरू तथा सफल अभ्यासहरूको आदानप्रदान गरिने कार्यक्रम छ ।

चैत्र १८ गते बुधबार ‘अन्तर सहकारी मैत्रिपूर्ण फुट्सल प्रतियोगिता’ आयोजना गरिएको छ ।

चैत्र २० गते शुक्रबार रक्तदान, वृक्षारोपण, कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डा झण्डोतलन सहित औपचारिक कार्यक्रम गर्ने तय भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस