पत्रकार महासंघको स्थापना दिवसमा गुरुकुललाई खाद्यान सहयोग

नौलो समाचार संवाददाता
२०८२ चैत्र १६, सोमबार मा प्रकाशित २०५ पटक पढिएको

पत्रकार महासंघको स्थापना दिवसमा गुरुकुललाई खाद्यान सहयोग
तस्वीर : रोशन पौड्याल

नैकिनटार / नेपाल पत्रकार महासंघको ७१ औंं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुलम्लाई खाद्यान सहयोग गरेको छ ।

नैकिनटार, श्रीखण्डपुरस्थित गुरुकुल पुगेर पत्रकार महासंघ काभ्रेपलाञ्चोकले चामल, तेल, दाल, चिनी, तरकारी, मरमसला, विस्कुट, फलफुलसहितका सामाग्री हस्तान्तरण गरेको हो ।

सहयोग सामाग्री लिएर नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्षहरु इश्वरी ओझा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमिल्सना, कार्यसमितिका साथै जिल्लामा कृयाशिल पत्रकारहरु गुरुकुल घर पुगेका थिए ।

विन्धवासिनी आध्यात्मिक प्रतिष्ठानले सञ्चालन गरेको गुरुकुलमा १७ जना बटुक छन् ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक परमाध्यक्ष अनन्त श्री विभूषित स्वामी श्री निःशेषानन्द गिरिजी महाराजले सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि आध्यात्मिकताको क्षेत्रमा समेत कलम चलाउन अनुरोध गरे ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले स्थापना दिवसमा केही रचनात्मक काम गर्ने उद्देश्यले गुरुकुललाई सहयोग गरेको र आगामी दिनमा पनि सञ्चार लगायत विभिन्न माध्यमबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिष्ठान एवं गूरुकुलकातर्फबाट संयोजक रामप्रसाद तिमल्सिना, बद्रि तिमिल्सना लगायतले पत्रकारका संघसंगठनबाट पाएको सहयोग प्रति आभार प्रकट गर्दै सबैको दान र सहयोगबाट सञ्चालित गुरुकुललाई सहयोग गर्न अन्य व्यक्ति र संस्थालाई अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस