भैरवकुण्ड मन्दिरको प्रांगणमा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन

नौलो समाचार संवाददाता
२०८३ बैशाख २०, आईतबार मा प्रकाशित ६९ पटक पढिएको

भैरवकुण्ड मन्दिरको प्रांगणमा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ३,मेथिनकोटस्थित भैरवकुण्ड मन्दिरको प्रांगणमा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन गरिएको छ ।

विश्व हिन्दु माहासंघ नेपाल राष्ट्रिय समिति वागमति प्रदेश कार्यसमितिका सहकोषाध्यक्ष तथा भैरवकुण्ड व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष केदार प्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन गरिएको हो ।

सोही अवसरमा भएको शंखध्वनि प्रतियोगितामा सहभागी ११ जना प्रतियोगी मध्ये नमोबुद्ध नगरपालिका वडा नं ८ का रामचन्द्र अधिकारी प्रथम, नैमिषारण्य गूरूकुलका जागृत पराजुलि द्वितीय र नमोबुद्ध नगरपालिका वडा नं २ का का सुनिल अधिकारी तृतीय भएका थिए । विजयी प्रतियोगीलाई क्रमश: २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार र दोसल्लासहित नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले प्रदान गरे । वैदिक शास्त्रीय मान्यताअनुसार शंखध्वनिको आवाजवाट वरिपरिका रोगका किटाणुहरू नस्ट भइ रोग व्याध हट्ने मान्यता छ ।

कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रविण घिमिरे, नमोबुद्ध नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश तिवारी, वडा नं १० अध्यक्ष रामकृष्ण उपाध्याय, विश्व हिन्दु महासंघ वागमति प्रदेश कार्यसमितिका अध्यक्ष अर्जुन प्रसाद सापकोटा, नैमिषारण्य गूरूकुलका प्राचार्य दिव्य मणि अधिकारी, जय वागमति टि. भि. का संचालक धार्मिक गूरू दिनेश कट्टेल, महासंघका केन्द्रीय सदस्य रामहरि सिग्देल, पण्डित ज्योतिष अच्यूत प्रसाद पौडेल, पण्डित परूषोतम हुमागाईज्यू, महासंघका जिल्ला अध्यक्ष केशव प्र. वडाल, पूर्व अध्यक्ष प्रविण धिताल, जगवैजेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मित्र खनाल, धार्मिक व्यक्त्तित्व केदार प्रसाद आचार्य, रामेश्वर अधिकारीसहित पंण्डित गूरूहरू, धार्मिक अभियान्ताहरू, मातृशक्तिहरू र वैदिक सनातन धर्ममा आस्थावान स्थानीयहरूको वाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस