भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जुटायो ११ लाख

नौलो समाचार संवाददाता
२०८३ भाद्र १२, शुक्रबार मा प्रकाशित ७८ पटक पढिएको

भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जुटायो ११ लाख

काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेपलान्चोकले भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गर्न ११ लाख रुपैयाँ जुटाएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिंग क्षेत्रमा ठुलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले ११ लाख रुपैया आर्थिक संकलन गरेको हो ।

मानवीय सेवाका लागि संकलित उक्त रकम पार्टीको केन्द्रिय विपद व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाईने नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए ।

सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु र राहत तथा उद्धारमा हातेमालो गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।

बाढी प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सोमबारसम्म आर्थिक सहयोग संकलन गर्ने बताएको छ।

सरकारले बाढीले पुर्याएको जनधनको बिवरण संकलन र अभिलेखीकरण गरिरहेको छ।






प्रतिक्रिया दिनुहोस