काठमाडौं/ व्यवसायी जीवनकुमार श्रेष्ठले परिवारको तर्फबाट १ लाख ५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
आफ्ना विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमार्फत जीवन र धर्मपत्नी सुहानी श्रेष्ठले विपद् व्यवस्थापन तथा राहत कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल १ लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
रोयल उड पार्केट इण्डस्ट्रिज चितवन, रोयल बोर्ड प्रा. लि. चितवन र सुजिन सप्लायर्स काठमाडौं मार्फत प्रति फर्म ३५ हजार रुपैयाँका दरले रकम जम्मा गरेको श्रेष्ठले जानकारी दिए । प्राकृतिक विपद्को घडीमा पीडितहरूको राहत तथा पुनर्स्थापनामा थोरै भए पनि मद्दत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।












प्रतिक्रिया दिनुहोस