नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा शुरु

नौलो समाचार संवाददाता
२०८३ आश्विन १८, आईतबार मा प्रकाशित ४७ पटक पढिएको

नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा शुरु

काठमाडौं / नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ ।

काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशन आइतबार खुल्लामञ्चमा उद्धघाटन गरिएको छ ।

उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायत विभिन्न दलका शीर्ष नेतृत्वले संवोधन गरेका थिए ।

महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ । १९ गते मनोनयनको कार्यक्रम सार्वजनिक भएको छ । सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका छ । असोज २१ र २२ गते निर्वाचन हुनेछ ।

महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ ।

कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ ।

धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ ।






प्रतिक्रिया दिनुहोस


↑