काभ्रेमा नियन्त्रणमा लिईएका ५० जना भारतीय नागरिकलाई सिन्धुपाल्चोक नै फर्काइयो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ७६६ पटक पढिएको
काभ्रेमा नियन्त्रणमा लिईएका ५० जना भारतीय नागरिकलाई सिन्धुपाल्चोक नै फर्काइयो

जेठ ४, काभ्रे । काभ्रे प्रहरीले नियन्त्रणमा लिएका ५० जना भारतीय नागरिकलाई सिन्धुपाल्चोक नै फर्काइएको छ । उनीहरू सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा खटिएका मजदुर हुन् ।

काभ्रे प्रहरीले नियन्त्रणमा लिएका ५० जना भारतीय नागरिकलाई सिन्धुपाल्चोक नै फर्काइएको छ । उनीहरु सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा खटिएका मजदुर हुन् । उनीहरुलाई बा ३ ख २५४६ नम्बरको कन्टेनर भ्यानले धुलिखेल नगरपालिकाको डम्पिङ साइट नजिकै ल्याएर छाडिदिएको थियो ।

कन्टेनरले भारतीय नागरिकलाई छोडेको सुचना पाउन साथ नियन्त्रणमा लिएको र सिन्धुपाल्चोक नै फर्काइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

उनीहरु काम गर्न छाडेर भागेको वडा नम्बबर १३ का राम प्रसाद गौतम बताउनुभयो । उनीहरुलाई ठेकेदारले लकडाउनका बेला पनि मासिक १५ हजार रुपैयाँ दिएर राखेको वडाध्यक्ष गौतमले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस