थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमित संख्या ३ सय ४ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित ६६६ पटक पढिएको
थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमित संख्या ३ सय ४ पुग्यो

जेठ ५, काठमाडौं । नेेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ।

संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छन्।

यसरी संक्रमित हुनेमध्ये ७ जना रौतहट इशनाथ नगरपालिकाका  ७ पुरुष रहेका छन्। उनीहरू २१ देखि ३० वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित पुरुषहरू त्यहाँको वडा नम्बर २,३,६ र ९ का वासिन्दा हुन्। यस्तै अर्का संक्रमित पुरुष बारा, करैयामाई-५  का हुन्। उनको उमेर ३८ वर्ष रहेको छ।

यसैगरी संक्रमित २८ वर्षीय महिला रौतहटको माधबनारायण नगरपालिका-३ की बासिन्दा हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयले हाल सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस