रोल्पा अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु, काेराेना परिक्षण रिपोर्ट अाउन बाँकी

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित ४४८ पटक पढिएको
रोल्पा अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु, काेराेना परिक्षण रिपोर्ट अाउन बाँकी

जेठ ५, रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ। आइतबार राति १० बजे आइसोलेसनमा भर्ना भएका २२ वर्षीय युवकको अाज दिउसो ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय राेल्पाका तथ्यांक सहायक अरुण भिटुले बताएका छन्।

काठमाण्डौँमा लामो समयदेखि मृगौलाको डायलासिस् गराइरहेका उनी आइतबार बेलुकामात्रै रोल्पाका आएका थिए। युवालाई अाज दिउँसो अचानक सास फेर्न गाह्रो भएको थियो। उनको कोरोना भाइरस परीक्षणका लागि स्वाब लिइएको छ। यसको रिपोर्ट आउन भने बाँकी नै छ।


प्रतिक्रिया दिनुहोस