प्रदेश २ का थप ६० जनामा संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ३२८ पटक पढिएको
प्रदेश २ का थप ६० जनामा संक्रमण पुष्टि

जेठ १८, जनकपुरधाम । प्रदेश २ मा आज (आइतबार) थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु भारतको विभिन्न ठाउँबाट आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

आज संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी रौतहटका २९ जनामा छन् । त्यस्तै धनुषामा २१ जना र सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन् ।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना , गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन् ।

सर्लाहीका संक्रमित हरीपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका तीनजना रहेका छन्।


प्रतिक्रिया दिनुहोस