एकै दिन ३३४ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित ४१८ पटक पढिएको
एकै दिन ३३४ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

जेठ २२, काठमाडौं । अाज एकै दिन थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

काेराेनाबाट  मृत्युु

अाज (बिहीबार) थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ ।

पाल्पा जिल्लाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

ति संक्रमितको मृत्यु भने २० गते नै भइसकेको थियो । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

२९० जनाले कोरोनाको संक्रमण जितेर निको भएका छन् । नेपालमा कोरोना संक्रमण ६५ जिल्लामा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस