कोरोना उपचारपछि २१ जना डिस्चार्ज भए, निको हुनेको संख्या ४८८

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ३५९ पटक पढिएको
कोरोना उपचारपछि २१ जना डिस्चार्ज भए, निको हुनेको संख्या ४८८

जेठ २६, काठमाडौं।  आज देशभरका आइसोलेसनमा उपचाररत २१ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

बाँके खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नरैनापुरका २० जना संक्रमित निको भएर घर फर्किएका छन्।

युनिफाइड कमाण्ड कोभिड अस्पताल बलम्बुबाट १ एकजना निको भएर डिस्चार्ज भएका छन्।

४१९ पुरुष र ६९ महिला सहित हालसम्म ४८८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।


प्रतिक्रिया दिनुहोस