एकै दिन ३८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुग्यो

११७ जना डिस्चार्ज, हालसम्म ११ सय ४१ जनालेे जिते कोरोना
नौलो समाचार संवाददाता
२०७७ अषाढ २, मंगलबार मा प्रकाशित १०९३ पटक पढिएको

एकै दिन ३८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुग्यो

असार २, काठमाडौं । अाज एकै दिन तीन सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अाज ८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै  संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा पाँच हजार पाँच सय ३१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

यस्तै, मन्त्रालयका अनुसार अाज ११७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ११ सय ४१ पुगेको छ। अहिलेसम्म नेपालमा एक लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ भने २ लाख २३ हजार ५ सय १९ जनाको आरडीटी परीक्षण गरिएको छ ।






प्रतिक्रिया दिनुहोस