डाक्टरसहित ९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, प्रदेश अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

नौलो समाचार संवाददाता
२०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ५३४ पटक पढिएको

डाक्टरसहित ९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, प्रदेश अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

असार १२, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ।

अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत् सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस