सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो, पाँचजना पुरिए

नौलो समाचार संवाददाता
२०७७ श्रावण १, बिहिबार मा प्रकाशित ८१४ पटक पढिएको
सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो, पाँचजना पुरिए
फाइल फोटो

साउन १,  सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर पुरिएका छन् । पाँचजना बेपत्ता भएका छन् ।

बुधबार राति घरमाथिबाट खसेको पहिरोले दुईवटा घर तथा स्थानीय विद्यालयमा क्षति गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार स्थानीय ग्याल्जेन शेर्पाको घर पुरिँदा उनको परिवारका पाँचजना महिला बेपत्ता भएका छन् । बेपत्ता हुनेमा याङ्जी शेर्पा वर्ष १६, फिरिङ्वाङ्मु शेर्पा वर्ष १४, चुङ्बुटी शेर्पा वर्ष ७५, साङ्बु शेर्पा वर्ष ३५ र सेमसाङ्ग शेर्पा वर्ष ४० रहेको अध्यक्ष पौडेलले बताए ।

यस्तै गरी नोर्साङ्ग शेर्पाको घरमा पनि पहिरोले पूर्ण क्षति गरेको छ । यसैगरी पञ्चकन्या आधारभूत विद्यालयको भवनमा पनि आंशिक क्षति भएको उनले बताए ।

बेपत्ताको खोजीका लागि स्थानीय युवा तथा प्रहरी खटिएको अध्यक्ष पौडेलले जानकारी दिए । राति १ देखि २ बजेको बिचमा पहिरो गएको हो।


प्रतिक्रिया दिनुहोस