काभ्रेका २० जना कोरोना संक्रमित उपचारपछि घर फर्किए

६ जना आइसोलेसनमै
नौलो समाचार संवाददाता
२०७७ श्रावण ४, आईतबार मा प्रकाशित ६७३ पटक पढिएको

काभ्रेका २० जना कोरोना संक्रमित उपचारपछि घर फर्किए

साउन ४, काभ्रे। काभ्रे जिल्लाका २० जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरु निको भएर घर फर्किएको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।

जिल्लाका ६ जना अझै विभिन्न आइसोलेसनमा रहेर उपचार गराइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लामा आज १ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् ।

१ सय १४ जना पुरुष र २५ जना महिला क्वारेन्टाइनमा बसेका हुन् । सबैभन्दा धेरै पनौती नगरपालिकामा २४ जना रहेका छन् भने सबैभन्दा कम बेथानचोक गाउँपालिकामा ५ जना मात्रै रहेका छन् ।






प्रतिक्रिया दिनुहोस