यमकुमारको स्वरमा ‘यो ज्यान तिम्रै हो’ गीतको भिडियो सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ श्रावण ११, आईतबार मा प्रकाशित ८८५ पटक पढिएको

यमकुमारको स्वरमा ‘यो ज्यान तिम्रै हो’ गीतको भिडियो सार्वजनिक

साउन ११, काभ्रे। गायक यमकुमार मल्लको स्वरमा सजिएको ‘यो ज्यान तिम्रै हो’ बोलको गितको भिडियो सहित सार्वजनिक भएको छ । काभ्रेबाट सञ्चालित राम्रो सन्देश डट कमको प्रस्तुतिमा रहेको उक्त भिडियोको निर्देशन गायक यमकुमार मल्लले नै गरेका हुन् ।

श्रीथापा मगरको शब्द तथा लय र बालकृष्णको एरेञ्ज रहेको तीज गीत ‘यो ज्यान तिम्रै हो’को म्यूजिक भिडियो राम्रो सन्देश डट कमको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा यमकुमार, रवीन श्रेष्ठ, राजन कार्की, अमन श्रेष्ठ, सुरज योन्जन, सुरज लामा र सबिन श्रेष्ठको अभिनय रहेको छ ।

अशोक रञ्जितको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा पूजा पार्खिनको मेकअप रहेको छ ।
यो गीतको भिडियोलाई राम्रो सन्देशको युट्युब च्यानलमा गएर हेर्न हेर्न सकिन्छ ।

हेर्नुहोस भिडियो :-

प्रतिक्रिया दिनुहोस