बनेपाको स्पाइनल इञ्जुरी अस्पताल अासपास क्षेत्रमा आवत जावतमा रोक

नौलो समाचार संवाददाता
२०७७ भाद्र ७, आईतबार मा प्रकाशित ५७६ पटक पढिएको
बनेपाको स्पाइनल इञ्जुरी अस्पताल अासपास क्षेत्रमा आवत जावतमा रोक

भदौ ७, काभ्रे। बनेपाको भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाइएको छ।

अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएकोले वडा कार्यालयले सो क्षेत्रमाआवत जावतमा रोक लगाएको हो।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्रआवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस