काभ्रेमा ५८ जना कोरोना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ६५० पटक पढिएको

काभ्रेमा ५८ जना कोरोना संक्रमित थपिए

असोज २७, काभ्रे। काभ्रेमा आज ५८ जना नयाँ काेराेना सक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज सबैभन्दा धेरै धुलिखेल नगरपालिकामा संक्रमित भेटिएका छन्।

धुलिखेलमा २२ जना, पनौती नगरपालिका ३, मण्डनदेउपुर नगरपालिकामा १२, बनेपा नगरपालिका १९, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १/१ जना गरी थप ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

काभ्रेमा संक्रमितको संख्या १०९५ पुगेको छ । यस मध्ये ६२० जना निको भएर घर फर्किएका छन् । जिल्लामा हाल ४६६ जना संक्रिय संक्रमित रहेका छन् ।

काभ्रेमा हालसम्म ९ संक्र मितकाे मृत्यु भैसकेकाे छ ।






प्रतिक्रिया दिनुहोस