काभ्रेमा आज १६ जना नयाँ कोरोना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ९, आईतबार मा प्रकाशित ६८५ पटक पढिएको
काभ्रेमा आज १६ जना नयाँ कोरोना संक्रमित थपिए

कात्तिक ९, काभ्रे। काभ्रे जिल्लामा आज (आइतबार) १६ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै आज जिल्लाका पाँच जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट ६ जना, पाँचखाल नगरपालिकाबाट ६ जना, नमाेबुद्ध नगरपालिकाबाट ४, जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १५ सय २७ पुगेको छ ।

हालसम्म जिल्लाका ९ सय ४५ संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै काभ्रेमा अहिले ५ सय ६६ जना सक्रिय कोरोना संक्रमित रहेको कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । जिल्लामा हालसम्म १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस