काभ्रेमा आज १०५ जनाले जिते काेराेना

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १२, बुधबार मा प्रकाशित ५९६ पटक पढिएको

काभ्रेमा आज १०५ जनाले जिते काेराेना

कात्तिक १२, काभ्रे। काभ्रे जिल्लामा आज १०५ जना काेराेेेना उपचार पश्चात निकाे भइ घर फर्केका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा आज थप एक जनामा मात्र काेराेेेना संक्रमण पुष्टि भएको छ। पाँचखाल नगरपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए।

काभ्रेमा हालसम्म संक्रमितकाे संख्या १ हजार ५३३ रहेको छ भने आज सक्रिय संक्रमितकाे संख्या ४३८ रहेको छ।

हालसम्म काभ्रेमा काेेेराेनाका कारण १७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस