वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

नौलो समाचार संवाददाता
२०७७ माघ ९, शुक्रबार मा प्रकाशित ८७१ पटक पढिएको

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

माघ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् ।

उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे ।

प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए । त्यस्तै विरोधसभाबारे टिप्पणी गर्दै उनले देशभरीबाट अलि अलि मान्छे जम्मा हुनु स्वभाविक भएको बताए ।






प्रतिक्रिया दिनुहोस