आज होली: घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

नौलो समाचार संवाददाता
२०७७ चैत्र १५, आईतबार मा प्रकाशित ७९६ पटक पढिएको
आज होली: घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

चैत १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ।

मन्त्रालयले सामाजिक सञ्जालमा ‘यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन’ भन्ने सन्देश पठाउदै होली घरमा नै मनाउन अनुरोध गरेको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गरेका हुन्। यसपटकको होली पहाडमा आज र तराईमा भोली मनाइदै छ।

सहप्रवक्ता अधिकारीले अधिकारीले भने, ‘यस वर्षपनि कोरोना केही कम भएपनि केही दिनयता संक्रमणको संख्या उकालो लागिसकेको छ। यस समयमा संक्रमण संख्या र जोखिम पनि बढ्दै गएको छ। त्यसैले होली घरमै मनाउनु हुन र अनावश्यक भीडभाड नगर्नु हुन स्वास्थ्य सबैमा हार्दिक अनुरोध गर्दछ।’

कोरोना संक्रमितको संख्या बढेसँगै सबै तहतप्काका व्यक्ति र क्षेत्रका व्यक्तिहरुलाइ सावधानी अनाउन र अनावश्यक भीडभाड नगर्न जोड दिएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस