चौतारा कदमवासका थप १२ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित १२७८ पटक पढिएको

चौतारा कदमवासका थप १२ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु
corona kavre

बैशाख १७, (चौतारा) सिन्धुपाल्चोक। नेपालमा पनि तिब्र रुपमा फैलिरहेको चोरोना भाइरस सिन्धुपाल्चोकमा पनि संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। हिजो (विहिबार) सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना संक्रमण भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-९ कदमवासका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यो सँगैं जिल्लामा संक्रमितको संख्या ५० जना पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेको हो।

यसैविच कोरोना संक्रमणका कारण  विहिबार सिन्धु विकास बैंकका एक कर्मचारीको मृत्यु भएको छ।






प्रतिक्रिया दिनुहोस