काभ्रेमा आज थपिए ४१ जना संक्रमित, २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख १९, आईतबार मा प्रकाशित १३६१ पटक पढिएको

काभ्रेमा आज थपिए ४१ जना संक्रमित, २ जनाको मृत्यु

बैशाख १९, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (आइतबार) थप  ४१ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन्। आज थपिएका ४१ जना मध्ये बनेपाका मात्र २७ जना रहेका छन्।

यसैगरी धुलिखेलमा ८ जना, पाँचखालमा नगरपालिकामा ३ जना, पनौतीमा १, बेथानचोक गाउँपालिकामा १ र तेमाल गाउँपालिकामा १ जना गरी जम्मा ४१ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४४९ पुगेको छ। जसमा २०७ जना महिला र २४२ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३८ सय ७५ पुगेको कार्यालयको जनाएको छ।

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

यस्तै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिकाका ६१ वर्षीय पुरुष हुन् भने अर्का ललितपुरका ६० वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

थप विवरण हेर्नुहोस:






प्रतिक्रिया दिनुहोस