पाँचखाल नगरका किसानलाई हाते ट्याक्टर वितरण

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १, शनिबार मा प्रकाशित १०८८ पटक पढिएको
पाँचखाल नगरका किसानलाई हाते ट्याक्टर वितरण

जेठ १, काभ्रे। पाँचखाल नगरपालिकाको ९ नम्बर र ११ नम्बर वडा कार्यालयले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानी खरिद गरिएको ट्याक्टर किसानहरुलाई वितरण गरिएको हो।

वडा नम्बर ११ को वडा कार्यालयमा भएको कार्यक्रममा नगरप्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडा अध्यक्ष शिवशरण लामा, वडा सदस्य हिराकाजी तथा वडा सचिवले स्थानीय किसानलाई ३५ थान हाते ट्याक्टर वितरण गरिएको छ।

त्यस्तै वडा नं ९ मा भएको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले २५ थान हाते ट्याक्टर किसानहरुलाई हस्तान्तरण गरेका छन् । वडा नम्बर ९ मा हात ट्याक्टर चौथो चरणमा वितरण भएको छ ।

कृषिमा आधुनिकीकरण तथा यान्त्रिककरण गरि कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उदेश्यले हाते ट्याक्टर वितरण गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

उपप्रमुख लक्ष्मी दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकोले हाते ट्याक्टर वितरण गरेको बताईन ।

वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्याक्टर’ अभियान चलाईरहेको र यस अघिपनि वडाका ८१ वटा समुहले ट्याक्टर पाईसकेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस