काभ्रेमा आज २०२ जनाले जिते कोरोना, १०२ संक्रमित थपिए, २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २५, मंगलबार मा प्रकाशित ५७९ पटक पढिएको
काभ्रेमा आज २०२ जनाले जिते कोरोना, १०२ संक्रमित थपिए, २ जनाको मृत्यु

जेठ २५, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा २०२ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा १०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट ६२ जना र एन्टीजेन परिक्षणबाट ४० जना गरी जम्मा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९७८ रहेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ०५६ पुगेको कार्यालयले जनाएको छ।

 २ जनाको मृत्यु

यस्तै सोहि अवधिमा जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

२१६७ जनाले लगाए खोप 

यसैगरी  काभ्रेमा आजबाट सुरु भएको ६२ देखि ६४ वर्षका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

जिल्लाभरका विभिन्न पालिकाको विभिन्न खोप केन्द्रमा गरी जम्मा २ हजार १६७ जनाले खोप लागेका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस