कोरोना काभ्रे: आज २०५ जना संक्रमित निको हुदा ४९ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ अषाढ २, बुधबार मा प्रकाशित ५९० पटक पढिएको
कोरोना काभ्रे: आज २०५ जना संक्रमित निको हुदा ४९ संक्रमित थपिए

असार २, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा २०५ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या भने दैनिक कम हुदै गईरहेको छ।

पिसिआर परिक्षणबाट ४५ जना र एन्टीजेन परिक्षणबाट ४ जना गरी जम्मा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३६० रहेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ५४३ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस