धुलिखेलको बजेट एक अर्ब १५ करोड, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

नौलो समाचार संवाददाता
२०७८ अषाढ ७, सोमबार मा प्रकाशित ९८५ पटक पढिएको
धुलिखेलको बजेट एक अर्ब १५ करोड, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

असार ७, काभ्रे। काभ्रेको धुलिखेल नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ। धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यन्जु श्रेष्ठले आज (सोमबार) आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नुभएको हो।

धुलिखेल नगरपालिकामा आयोजित नवौँ नगर अधिवेशनले नयाँ आर्थिक वर्षको लागि लागि एक अर्ब १५ करोड १५ लाख लक्ष्य रहेको बजेट सार्वजनिक गरेको हो।

नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। ‘स्वास्थ्य बीमा, नगरको जिम्मा’ अन्तर्गत जेष्ठ नागरिक महिला स्वास्थ्य स्वयंसेविका तथा अपाङ्ग नागरिकहरूलाई नगरले प्रिमियर बिनियम तिरी स्वास्थ्य बीमामा आबद्ध गराउने कार्यक्रम राखेको छ।

‘विपतमा नगरपालिकाको साथ’ कार्यक्रम अन्तर्गत को’भिड-१९ संक्रमण तथा प्राकृतिक विपत कारण ज्यान गुमाएका नागरिकहरूको परिवारलाई किरिया तथा सतगत खर्च वापत प्रति मृतक १५ हजार उपलब्ध गराउने कार्यक्रम मा राखिएको छ।

प्राकृतिक प्रकोप तथा महामारीको समयमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको उच्च मनोबलका कायम राख्न प्रशानको व्यवस्था गरिने लगाएतका जनमुखी कार्यक्रमहरु रहेका छन्।


प्रतिक्रिया दिनुहोस