पाँचखालका कृषकलाई आत्मनिर्भर बनाउन पाडी बितरण, नगरभर १ सय ५४ वटा बितरण गरिने

नौलो समाचार संवाददाता
२०७८ अषाढ १२, शनिबार मा प्रकाशित ११३० पटक पढिएको
पाँचखालका कृषकलाई आत्मनिर्भर बनाउन पाडी बितरण, नगरभर १ सय ५४ वटा बितरण गरिने

असार १२, काभ्रे। पाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई पाडी बितरण गरेको छ। नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी बितरण गरेको हो।

आज (शनिवार) एक कार्यक्रमका विच वडा नं ५ का कृषकहरुलाई ६० वटा पाडी बितरण गरिएको नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिनुभयो। पाँचखाल वडा नं ५ को खावामा नगरप्रमुख महेश खरेलले कृषकहरुलाई पाडी वितरण गर्नुभएको हो।

लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तर्गत नगरपालिकाले ५ं० प्रतिशत अनुदानमा पाँचखाल नगरमा १ सय ५४ वटा पाडी बितरण गरिने नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो।

व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसीका पाडी वितरण कार्य सुरु गरेको नगरप्रमुख खरेलले बताउनुभयो।

बितरण गरिएको सबै पाडीको विमा समेत भइसकेको छ।

नगरपालिकाले पहिलोचरणमा वडा नं ३ मा २५ वटा, वडा नं ५ मा ६० वटा, वडा नं ६ मा २५ तथा वडा नं १३ मा ४४ वटा पाडी बितरण गर्न लागेको छ।

कार्यक्रममा पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस