कोरोना काभ्रे: आज ९० जना डिस्चार्ज, २२ संक्रमित थपिए, १ जनाको मृत्यु 

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३, आईतबार मा प्रकाशित ५२५ पटक पढिएको
कोरोना काभ्रे: आज ९० जना डिस्चार्ज, २२ संक्रमित थपिए, १ जनाको मृत्यु 

साउन ३, काभ्रे। काभ्रेमा ९० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। आज (आइतबार) ९० जना संक्रमित डिस्चार्ज हुदा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै आज जिल्लामा ४६१ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौतीमा नगरपालिकामा रहेका छन्। क्रमश: पनौतीमा ११८ जना, धुलिखेलमा ११५, बनेपामा ८४, पाँचखालमा ६२, नमोबुद्धमा ३१, रोशी गाउँपालिकामा १७ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका २२ संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेल नगरपालिकामा ६ जना, बेथानाचोकमा १ तथा एन्टीजेन परिक्षणबाट पनौती नगरपालिकामा १३ जना, चौरीदेउराली गाउँपालिकामा १, बेथानाचोकमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार २०४ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

कोरोना संक्रमणबाट काभ्रेमा आज पनौतीका ६४ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस