निर्मलाको लागि न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

नौलो समाचार संवाददाता
२०७५ मंसिर २४, सोमबार मा प्रकाशित १८०१ पटक पढिएको

निर्मलाको लागि न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

काठमाडौं– बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा उनीहरु कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका थिए ।
गत साउन १० निर्मला पन्तको बलात्कार पश्चात हत्याको भएपनि दोषीको हालसम्म पहिचान हुन नसकेको छैन ।






प्रतिक्रिया दिनुहोस